मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपभोक्ताको हित संरक्षणका लागि कांग्रेस नेता भण्डारीको अपिल
भर्खरै

उपभोक्ताको हित संरक्षणका लागि कांग्रेस नेता भण्डारीको अपिल

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दल विभागका प्रमुख शंकर भण्डारीले चाडपर्वको अवसरमा उपभोक्ताहरुको हित संरक्षणका लागि अपिल गर्नु भएको छ । नेता भण्डारीले एक विज्ञप्ती जारी गर्दै चाडपर्वको समयमा उपभोग्य वस्तुहरुको माग अकाशिने र यही मौका छोपेर अस्वभाविक मूल्य वृद्धिको प्रयास भएको भन्दै उपभोक्ता चनाखो हुन र सम्वद्ध निकायले ध्यान पुराउन अपिल गर्नु भएको हो । नेपालीहरुको विजयादशमी, दिपावली र छठ जस्ता महान चाडहरु संघारमा आएका छन् । यी पर्वहरुले नेपालीहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी

सद्भाव विकास गरोस् भन्ने कामना गर्दछु, भण्डारीले जारी गरिएको अपिलमा भनिएको छ । सबै नागरिकलाई आ–आफ्नो धर्म संस्कृति अनुसारको चाडपर्व सहजताका साथ मान्न सक्ने वातावरण बनाउन सरकारको ध्यान जानु आवश्यक रहेको मा भण्डारीको जोड छ ।
चाडपर्वको समयमा उपभोग्य वस्तुहरुको माग आकासिने र यही मौका छोपेर अस्वभाविक रुपमा सामानको मुल्य वृद्धि गर्ने प्रयास भएको देखिन्छ । कुनै तुक र कारण बिना नै सर्वसाधारणको ढाड भाँचिने गरी अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको र व्यवसायीले यहि मौका छोपेर अकुत लाभ लिने प्रयास गर्नुका साथै वस्तुको गुणस्तर पनि घटाउने र मुल्य पनि बढाउने गरी गैरकानुनी ढंगबाट दोहोरो लाभ लिन खोजेकले सरकारले बजार अनुगमन गरेर आपुर्ति सहज बनाउने, कालोबजारी रोक्ने र गुणस्तर कायम गर्दै गलत कार्य गर्नेलाई दण्डित गर्नु आवश्यक रहेकोमा भण्डारीले जोड दिनु भएको छ ।
चाडपर्व बढेसँगै चोरी र लुटपाटका घटना बढ्दै जान्छन् । शान्ति, सुरक्षाको अवस्था दुरुस्त राखेर निर्वाध रुपमा चाडपर्व मनाउने र सहर तथा आ–आफ्नो कार्यक्षेत्रबाट घर फर्कने वातावरण सहज बनाइनु पर्दछ । साथै स्वास्थ्य मापदण्ड पालना गर्दै घरसम्म पुग्नका लागि यातायातका साधनको सहज व्यवस्थामा समेत सरकारले ध्यान दिनु आवश्यक छ ।
सरकारका निकायले कालो बजारी रोक्न, आपुर्ति सहज बनाउन पर्याप्त प्रयास हुन नसकेको आम गुनासो छ । नागरिकको समस्याप्रति अनुदार हुने छुट सरकारलाई छैन । यस्तो अवस्थामा बजारको अवस्था विश्लेषण गरी अस्वभाविक रुपले वृद्धि भएका उपभोग्य सामग्रीको मूल्य नियन्त्रण गर्ने, गुणस्तर कायम गर्ने र शान्ति सुरक्षाको सहज वातावरण बनाउन सरकारसँग नेता भण्डारीले जोडदार माग गर्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय