बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चोरीमा संलग्न तीन जनालाई प्रहरीद्वारा पक्राउ
भर्खरै

चोरीमा संलग्न तीन जनालाई प्रहरीद्वारा पक्राउ

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं । काठमाडौँको टोखास्थित अरुण थापाको घरबाट सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त सामानहरु चोरो गर्ने दोलखाका १८ वर्षीय प्रिन्स श्रेष्ठ, चोरीका सामान विक्री गर्ने नुवाकोटका २३ वर्षीय बिबेक पण्डित र चोरीको सामान खरिद गर्ने तनहुँका ३७ वर्षीय विजय बिक रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गत असोज १ गते चोरी भएको घटनाको अनुसन्धानका क्रममा शुक्रबार उनीहरुका काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले चोरी

भएको उक्त सुन तथा हिराका गरगहना र ल्यापटप समेत बरामद भएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय