शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
भर्खरै

पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं। पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । योसँगै

नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय