सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालको मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस –ओलीको प्रतिवेदन
भर्खरै

एमालको मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस –ओलीको प्रतिवेदन

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं । नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो ।
प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ ।

आफूलाई एमालेले नेपाली कम्युनिष्टको मुख्यधारा भएको र एकता चाहने पार्टी भएको विश्लेषण गरिएको छ ।शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाविधेशन सुरु भएको

हो । तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेको छ भने महासचिब ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्दैछन् ।

शुक्रबारै ती दस्तावेजमाथि छलफलका लागि समूह विभाजन गर्ने भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

<