शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आफ्नो समूहबाट एक जना मात्रै सभापतिको दावेदार बन्ने पौडेलको दाबी
भर्खरै

आफ्नो समूहबाट एक जना मात्रै सभापतिको दावेदार बन्ने पौडेलको दाबी

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट १४ औं महाधिवेशनमा एकमात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् । सामूहिक भावनासहित एकजना उम्मेदवार बन्ने उनले बताए ।

गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले आकांक्षी धेरै भए पनि अन्तिममा एकजनामात्र उम्मेदवार बन्ने बताए । पौडेल समूहमा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन् ।

पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुन् । सभापतिका आकांक्षीबीच पटक पटक सहमतिको प्रयास भए

पनि हालसम्म टुंगो लागेको छैन ।

नेता पौडेलले आफूहरु पार्टी भित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेको भन्दै अहिले कसैले पनि सभापतिको उम्मेदवार मै हुँ नभनेको बताए । सामूहिकरुपमा छलफल गरेर एकजना उम्मेदवार बन्ने र सबैको भावना समेटिने बताए । उनले कांग्रेसलाई पनि एक ढिक्का बनाउने प्रतिवद्धता गरे ।

आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन हुँदैछ । सभापति शेरबहादुर देउवा र उपसभिापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहका नेताहरुले सभापतिको उम्मेदवार बन्ने बताए पनि औपचारिक घोषणा गरेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय