काठमाडौं । नेपाली कांग्रेसको चन्द्रागिरी इकाइको नगर अधिवेशन भोली शनिवार हुने भएको छ । ग्रिनल्याण्ड बेक्यूटमा बिहान १२ बजेका लागि नगर अधिवेशन आयोजना गरिएको समतिले जानकारी दिएको छ । अधिवेशनमा अनिवार्य उपस्थितिका लागि नगर सचिव राजेन्द्र बिक्रम बाँनियाले एक सूचना जारी गर्दै आग्रह गर्नु भएको छ ।
महाधिवेशन प्रतिनिधिहरु, प्रदेशसभाका अध्यक्ष, प्रदेश सभा ९ र १० का प्रत्यासी उम्मेदवारहरु, जिल्ला,क्षेत्रिय,प्रदेश का पदाधिकारी र सदस्यहरू, नव निर्वाचित क्षेत्रिय प्रतिनिधिहरू, क्रियाशिल सदस्स्य साथै निर्वाचित वडा अध्यक्ष तथा प्रत्यासि उम्मेदबार र संपूर्ण सदस्यहरुलाई
उपस्थितिका लागि आग्रह गरिएको छ ।