काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ५५ मिनेटमा बझाङको सुर्मा गाँउपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित बैतडी र दार्चुलासमेत महसुस गरिएको थियो । भूकम्पको क्षतीबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।