शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साताको अन्तिम दिन शेयर बजारमा ३२ अकंको गिरावट
भर्खरै

साताको अन्तिम दिन शेयर बजारमा ३२ अकंको गिरावट

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

काठमाडौं । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो ।

बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल

फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो ।

यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय