मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा सभा जुलुसमा रोक लगायो
भर्खरै

जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा सभा जुलुसमा रोक लगायो

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

काठमाडौं । काठमाडौँमा बिहीबारदेखि सभा जुलुस गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएका छन् ।

कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको हो । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ । चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र बनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख

छ ।

यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय