मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको लज्जास्पद हार
भर्खरै

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको लज्जास्पद हार

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१–२२ खराब प्रदर्शनको सिलसिला कायम राख्दा लगातार दोस्रो हार बेहोरेको छ ।

समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३–० ले पराजित भएको हो ।वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमै गोल गरेका नुनेजले ७९औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । राफा शिल्भाले ६९औं मिनेटमा गोल गरे ।

वेनफिकाले सन् १९६१ पछि बार्सिलोनालाई पराजित

गरेको हो ।

समूहमा पहिलो जितपछि दुई खेलबाट चार अंक जोडेको वेनफिका दोस्रो स्थानमा छ । लगातार दुई खेल हारेको बार्सिलोना अंकविहिन हुँदै पुछारमा छ । पहिलो खेलमा बायर्नसँग पनि बार्सिलोना ३–० ले नै पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय