मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रोनाल्डोको कीर्तिमानमा म्यानचेस्टर युनाइटेडले निकाल्यो पुनरागमन जित
भर्खरै

रोनाल्डोको कीर्तिमानमा म्यानचेस्टर युनाइटेडले निकाल्यो पुनरागमन जित

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।

युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको हो ।

भिल्लारियलविरुद्धको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले २–१ को पुनरागमन जित निकालेको हो ।

युनाइटेडको जितमा एलेक्स टेलेस र क्रिष्टियानो रोनाल्डोले गोल गरे । भिल्लारियलका लागि पाको अल्कासरले गोल गरे ।

रोनाल्डोको कीर्तिमान

फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८औँ च्याम्पियन्स लिग खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् ।

रियल मड्रिडका पूर्वगोलकिपर इकरले १ सय ७७औँ च्याम्पियन्स लिग खेलेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय