बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पतीलाई पक्राउ
भर्खरै

शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पतीलाई पक्राउ

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

दोहा । कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पतीलाई पक्राउ गरिएको छ ।

एक नेपाली महिलाले आफ्नो प्रेमीसँगै आफूले जन्माएको नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

त्यहाँको फरवानीया क्षेत्रमा हिडिरहेका एक फिलिपिनो नागरिकले ती नेपाली दाम्पतीलाई धेरै शंकास्पद ढंगले एउटा फोहोरको भाँडोमा एक नवजात शिशुको साथमा फ्याँक्न कोसिस गरीरहेको देखेपछि त्यहाँको आन्तरिक मन्त्रालयलाई खबर गरेका थिए ।

खबर पाए लगत्यै मन्त्रालयले प्रहरी टोली घटनास्थलमा पुगी ती नेपाली दाम्पती नजिकै फोहोर

फाल्ने कन्टेनरभित्र एउटा बच्चा भेट्टाएको थियो । प्रहरीले दुबैलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागि पठाइएको थियो ।अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुका आमा बुबा थिए, अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको र फोहोर फाल्ने कन्टेनरमा फालेको खुलेको मन्त्रालयले जनाएको छ ।

अहिले दुवै अभियुक्त प्रहरी हिरासतमा रहेको र उनीहरुविरुद्ध कानूनी कारबाही भईरहेको अरब टाइम्सले उल्लेख गरेको छ । ती नेपाली दम्पतीको परिचय भने खुलाईएको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय