मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक शुरू,एमालद्वारा बैठक वहिष्कार
भर्खरै

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक शुरू,एमालद्वारा बैठक वहिष्कार

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ ।

संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि नेकपा एमाले भने सहभागी नभएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी

पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत सहभागी छन् ।

बैठकमा संसदमा भएका सबै दललाई डाकिएको थियो । तर आफूहरुले दल नमानेको नेकपा एकीकृत समाजवादी पनि बैठकमा सहभागी भएपछि एमालले बैठक वहिष्कार गरेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालले वहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने कोसिस गरेका हुन् । तर एमाले बैठकमा सहभागी नभएपछि उनको प्रयास विफल भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय