शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट
भर्खरै

शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021

काठमाडौं । शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ ।

मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो ।

यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ अंकले घटेर ४९४.९१ को बिन्दुमा पुगेको छ । यो साता लगातार दोहोरो अंकले नेप्से परिसूचकमा गिरावट आएको छ ।

मंगलबार सबैभन्दा धेरै दुईवटा कम्पनी

नेपाल हाइड्रो डेभलोप्मेन्ट लिमिटेड र हिमालयन पार्टनर लिमिटेडको मूल्यमा गिरावट आएको छ । यी दुबै कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको गिरावटआएको छ ।

मंगलबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ ।

यसदिन २१८ कम्पनीका १३०३४८२८ कित्ता शेयर किनबेच हुँदा ५,७४,५४,८८,१७९ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय