मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनले नेपाली भूमि मिचेको भन्दै राजधानी काठमाडौंमा विरोध प्रर्दशन्
भर्खरै

चीनले नेपाली भूमि मिचेको भन्दै राजधानी काठमाडौंमा विरोध प्रर्दशन्

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021

काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर , हुम्ला जिल्लामा रहेको १२ नवर पिलर सार्न पाइदैनलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । लोसपा

युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको जानकारी दिए । उनले चीनमा एमबीबीएस गरेका बिद्यार्थीहरुलाई नेपालमा इन्र्टनसिप गराउनुपर्ने माग राखिएको बताए ।संघले नेपालको सीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । चीन र नेपालको सीमा भएको बिषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय