शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस महाधिवेशन : ललितपुरका ६ पालिका मध्ये ३ मा सर्वसम्मत, ३ मा निर्वाचन
भर्खरै

कांग्रेस महाधिवेशन : ललितपुरका ६ पालिका मध्ये ३ मा सर्वसम्मत, ३ मा निर्वाचन

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021
file phot

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा पालिका अधिवेशन सम्पन्न भएको छ । ६ पालिका रहेको ललितपुरमा तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ललितपुर महागनगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले जनाएको छ ।गोदावरी नगरपालिकामा प्रदीप जोशी, वाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाँउपालिका खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । तीनै जना संस्थापन निकट

हुन् ।

कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो । ललितपुर महानगरपालिकामा सुभानन ध्वाख्वा निर्वाचित भएका छन् । उनले २८२ मत पाए भने अर्का प्रत्यासी गणेशभक्त श्रेष्ठले २२१ प्राप्त गरेको मतदान अधिकृतले जनाए । ध्वाख्वा र श्रेष्ठ दुवै संस्थापन निकट हुन् ।

महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन् । उनले ८२ मतले पाए भने सभापति पदका अर्का उम्मेदवार सुशील खड्काले ८० मत प्राप्त गरे । सभापतिमा निर्वाचित सिलवाल संविधानसभा सदस्य रामकृष्ण चित्रकार निकट हुन् । चित्रकार पछिल्लो समय संस्थापन समूहसँग नजिक छन् ।

कोन्ज्योसोम गाउँपालिकामा सरोज घलान सभापति पदमा विजयी भएका छन् । उनले ४५ मत प्राप्त गरे भने अर्का प्रत्यासी जीवन बलले ३७ मत प्राप्त गरेका हुन् । घलान भने पौडेल समूह निकट हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय