मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्रीको टुंगो लगाउन बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
भर्खरै

मन्त्रीको टुंगो लगाउन बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021

काठमाडौं । मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।

तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए ।अध्यक्ष प्रचण्डको सचिवालयले भने बैठकमा महाधिवेशन केन्द्रित विषयमा

नै छलफल गरिने बताएको थियो ।

सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नै संगाठानिक कामबारे छलफल हुने जनाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय