शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सवारी दुर्घटनामा आमा छोराको ज्यान गयो
भर्खरै

सवारी दुर्घटनामा आमा छोराको ज्यान गयो

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको

प्रहरीले जनाएको छ ।

‘घटनाको विस्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय