बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपतिबाट राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज
भर्खरै

राष्ट्रपतिबाट राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021

काठमाडौँ । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ मन्त्रिपरिषद्को मिति २०७८–६–११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख)बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८

खारेज गर्नु भएको छ ।’

यस्तो छ विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय