बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जर्मनी निर्वाचन – १६ वर्षपछि मर्केलको पार्टी विपक्षी बेञ्चमा पुग्ने
भर्खरै

जर्मनी निर्वाचन – १६ वर्षपछि मर्केलको पार्टी विपक्षी बेञ्चमा पुग्ने

  • सिधा दृष्टी मङ्लबार, अशोज १२, २०७८ | September 28, 2021

बर्लिन । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू–सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् । सो गठबन्धनकी नेतृ एंगेला मर्केलले राजनीतिबाट विश्राम लिएकी छन् ।

उनी १६ वर्षसम्म जर्मनीको चान्सलर रहेकी थिइन् ।

रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्‍याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र नगुमाएको उल्लेख गर्दै सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् ।

वर्तमान सरकारका अर्थमन्त्री समेत रहेका नेता स्कोल्जले अब सरकारमा बस्न नमिल्ने भन्दै तुरुन्तप्रतिपक्षमा जानुपर्ने बताएका छन्


आइतबार भएको निर्वाचनमा मर्केलको गठबन्धनले २४ प्रतिशत मत प्राप्त गरेको थियो भने रुढीबादी गठबन्धनले २५ प्रतिशत मत प्राप्त गर्दै जित हात पारेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय