शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
भर्खरै

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकजाँचका लागि को २ च २६३२ नम्बरको बोलेरो जीपलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा बोलेरो चालक दमक नगरपालिका–९ का ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको होटिपरका चालक मकवानपुरको थाहा नगरपालिका–८ का २४ वर्षीय सहदेव कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनालाई लिएर स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेको जिल्ला

प्रहरी कार्यालय झापाले जनाएको छ ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि प्रहरीले सम्झाएर राजमार्ग खुलाएको बताइएको छ ।

बोलेरोमा अन्य दुई यात्रु पनि रहेको आशंकामा खोजी शुरु गरिएको छ । उनीहरुलाई नहरको पानीले बगाएको हुनसक्ने प्रहरीको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय