शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमसीसी सम्झौता संशोधन हुँदैन्, सहमतिमै संसदबाट अनुमोदन हुन्छ – परराष्ट्रमन्त्री
भर्खरै

एमसीसी सम्झौता संशोधन हुँदैन्, सहमतिमै संसदबाट अनुमोदन हुन्छ – परराष्ट्रमन्त्री

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

काठमाडौं । राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी अनुदान सम्झौता एमसीसी संशोधन हुन नसक्ने बताएका छन् । आइतबार गैरआवासीय नेपाली संघले न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले एमसीसीमा सहिछाप भैसकेको भन्दै संसोधन हुन नसक्ने बताएका हुन् ।सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले चाहिँ संसोधन बिना एमसीसी अनुमोदन हुन नसक्ने बताइसकेका छन् । यसै महिनाको सुरुआतमा नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पनि एमसीसी संसोधन हुन नसक्ने बताएकी थिइन् ।

परराष्ट्रमन्त्रीले भने, ‘‘सहि छाप गर्दा

किन नहेरेको । एमसीसी परियोजना अनुदान हो । हामीले मागेको हो । संशोधन गर्नुपर्ने भए किन नपढ्नु भएको त त्यति खेर । सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि अघि बढ्ने हो ।’एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताउँदै उनले नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले यो कठिन हुने उनले बताए ।

परराष्ट्रमन्त्री खड्का सामाजिक सञ्जालबाट आक्रोशित सुनिए । उनले भने, ‘गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ ।’

‘सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न दिनुहुँदैन थियो’ उनले भने ।

पूर्वप्रधानमन्त्री केपी ओलीले जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले चुप लागेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘ओली सत्ता बाहिर गएपछि संशोधन भएर मात्रै पास हुनुपर्छ भन्नुभएको छ । हामी राष्ट्रिय नेता जवाफदेही हुनुपर्छ । बारम्बार संशोधन गर्दा के पर्छ असर भनेर । अहिले केपी ओली सरकार बाहिर आएपछि संशोधन गर्नुपर्छ भन्नुभयो ।’

एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई थाहा भएको बताउँदै उनले बाहिर हल्ला गरेजस्तो एमसीसी नभएको जिकिर गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय