मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानद्वारा दाह्री काट्नमा रोक
भर्खरै

अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानद्वारा दाह्री काट्नमा रोक

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

काठमाडौं। अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्नमा रोक लगाएको छ । दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो ।

तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई सजाय दिइने बताएको छ । अफगानिस्तानको राजधानी सहर काबुलका केही हजामले पनि आफूहरुलाई यस्तै किसिमको निर्देशन प्राप्त भएको बताएका छन् ।यो निर्देशनलाइै अफगानिस्तानमा तालिबानको पुरानो शासन पुनःफर्किएको रुपमा बुझिएको छ । यसअघि तालिबानले यसपटकको तालिबानको शासन पहिलाको जस्तो नहुने र कठोर कानुन लागू नहुने बताएको थियो

यसअघि शनिबारमात्र तालिबानले व्यवसायीको अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई मारेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको समाचार आएको थियो ।

यस्तोमा तालिबानले पुनः अर्को कडा कानुन लगाउन सुरु गरेको हो । हेलमण्ड प्रान्तको सैलुनबाहिर चेतावनीसहितको सूचना टाँसेर कपाल र दाह्री काट्ने विषयमा शरिया कानुन पालना गर्न निर्देशन दिइएको छ ।

काबुलका एक सैलुन चलाइरहेका हजामले आफूलाई पनि तालिबानले फोन गरेर कपाल काट्दा अमेरिकी स्टाइल पालना नगर्न र दाह्री नकाट्न निर्देशन दिएको

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय