मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रदेश नम्बर २ मा असोज १३ गते महिलाका लागि सार्वजनिक विदा
भर्खरै

प्रदेश नम्बर २ मा असोज १३ गते महिलाका लागि सार्वजनिक विदा

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

जनकपुरधाम । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामना दिएका छन् ।जितिया पर्व सोमबारदेखि शुरु भएको छ । मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि

यो ब्रत शुरु हुन्छ । यो ब्रत शुरु भएपछि महिलाहरु निराहार रहने गर्छन् ।

मंगलबार बिहानदेखि शुरु हुने उपवास बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय