मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ल्याण्डिङ गियर इन्डिकेटरले काम नगर्दा समस्या आएको बुद्ध एयरको भनाइ
भर्खरै

ल्याण्डिङ गियर इन्डिकेटरले काम नगर्दा समस्या आएको बुद्ध एयरको भनाइ

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

काठमाडौं । विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको विषयमा बुद्ध एयरले औपचारिक धारणा सार्वजनिक गरेको छ ।

सोमबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान त्यहाँ अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँमा नर्मल अवतरण गरेको सो विमानमा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै उसले ल्याण्डिङ गियर झरेको संकेत दिने दुईवटा इन्डिकेटर हुने र त्यसमध्ये एउटाले संकेत नदिएपछि विमान विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्काइएको

जनाएको छ । सुरक्षित हवाई निर्देशिका अनुसार नै विमान काठमाडौँ फर्काइएको र इन्धन सक्न आकाशमा फन्को मारेको बताएको छ ।

काठमाडौँमा अवतरण गर्दा ल्याडिङ गियर झरेको यकिन गरिएकोसमेत बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय