मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेप्सेको ओरालो यात्रा जारी, सोमवार पनि उच्च अकंको गिरावट
भर्खरै

नेप्सेको ओरालो यात्रा जारी, सोमवार पनि उच्च अकंको गिरावट

  • सिधा दृष्टी सोमवार, अशोज ११, २०७८ | September 27, 2021

काठमाडौं । साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । बजार ठूलो अंकले घटे पछि बिक्री

चाप पनि कम देखियो । जसको असर कारोबार रकममा परेको हो ।सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको शेयर किनबेच भएको थियो ।

बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय