शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरे
भर्खरै

स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरे

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

काठमाडौं । स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

कोरोना भाइरसको महामारीपछि यति एयरलाइन्सले आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरिएको हो ।सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाडौंबाट हुने उडानका दौरान हेर्न सकिन्छ ।

आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । उनलाई एयरहोस्टेसहरुले हिमाल पहिचानमा सहयोग गरेका थिए ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज कुल ४४ जना यात्रुसहित अप्रिmदी उडानमा सहभागी भएका छन् ।

यतिले ८८४८ रुपैयाँमा दुई

वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सुरु गरेको हो । उडान हरेक आइतबार हुने भएको छ । उनको उडानले विश्वभर नेपालको पहिचान फैलाउन सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय