शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कतारमा यात्रा नीतिमा परिवर्तन, पर्यटकले दुई दिन क्वारेन्टिमा बस्नु पर्ने
भर्खरै

कतारमा यात्रा नीतिमा परिवर्तन, पर्यटकले दुई दिन क्वारेन्टिमा बस्नु पर्ने

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

दोहा, एजेन्सी । कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ ।

यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका

आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ ।

कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । तर,नयाँ नीति कहिलेदेखि लागू हुने केही उल्लेख गरिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय