बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जर्मनीमा आज हुँदै छ आम निर्वाचन, १६ वर्ष देखि सत्तामा रहेकी मर्केलको विकल्प खोजिने
भर्खरै

जर्मनीमा आज हुँदै छ आम निर्वाचन, १६ वर्ष देखि सत्तामा रहेकी मर्केलको विकल्प खोजिने

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

एजेन्सी । । जर्मनीमा आज आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

निर्वाचनमा एङ्गेला मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

जर्मनीका ६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५९८ जना सदस्य चयन गर्नेछन् । तिनै सांसदहरुले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार

बन्नेछ ।

निर्वाचनको परिणाम आज नै आउने छ । जर्मनीमा १६ वर्ष सत्ता सन्चालन गरेकी मर्केल विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १० वर्षसम्म परेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय