मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा कायमै
भर्खरै

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा कायमै

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार जितको यात्रा कायम राखेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई २–० ले पराजित गर्दै लगातार आठौं जित निकालेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एकरएक गोल गरे । एन्जल डी मारियाको सहयोगमा गुइए र नेइमारको सहयोगमा ड्राक्सलरले गोल गरेका हुन् ।

खेलको १४ औं मिनेटमा गुइएले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा

ड्राक्सलर गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

जितसँगै ८ खेलमा ८ जितसहित २४ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय