एजेन्सी । स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले सिजनमा पहिलो हार ब्यहोरेको छ । हारसँगै उसले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
लिगमा यो सिजनको पहिलो हार ब्यहोरेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । शनिबार भएको खेलमा एट्लेटिकोलाई डिपोर्टिभो अलाभेसले १–० गोलले पराजित गरेको हो ।
अलाभेसको जितमा लागुर्डियाले खेलको चौथौ मिनेटमै गरेको गोल निर्णायक बन्यो । पराजित भएको एट्लेटिको मड्रिडको सात खेलबाट १४ अंक भएको छ ।
शीर्ष स्थानको रियल मड्रिडले भने अपराजित यात्रा कायम राख्न सफल
भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड भिल्लारियलसँग गोलरहित बराबरी खेलेको हो ।
शीर्ष स्थानमा रहेको रियल मड्रिडको सात खेलबाट १७ अंक भएको छ ।