शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेसको १४ औं महाधिवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यताको सूचि सार्वजनिक
भर्खरै

कांग्रेसको १४ औं महाधिवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यताको सूचि सार्वजनिक

  • सिधा दृष्टी आइतवार, अशोज १०, २०७८ | September 26, 2021

काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति जुट्न नसकेको हो ।

प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको

क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा। मिनेन्द्र रिजाल छलफलमा छन् ।

कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भइसकेको छ । शनिबार करिव ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको छ ।

वडाअधिवेशन हुन नसकेका १३ जिल्लामा दशैं अघि नै अधिवेशन प्रक्रिया सुरु गर्ने कांग्रेसले जनाएको छ । हिमाली जिल्लामा महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गरिसकेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ । तर यो कार्यतालिका प्रभावित हुने आशंका छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय