बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईपीएल – राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
भर्खरै

आईपीएल – राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

  • सिधा दृष्टी शनिबार, अशोज ९, २०७८ | September 25, 2021

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ । जितपछि दिल्ली चेन्नई सुपर किंग्सलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

युएईमा भइरहेको आईपीएल २०२१ को दोस्रो लेगमा लगातार दोस्रो जितपछि दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ । दिल्ली प्लेअफ तर्फ समेत अघि बढिरहेको छ । राजस्थान ९ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।

data-verification="3827f2b00133ffb2747637232c7c83aa">

दिल्लीले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । राजस्थानका कप्तान सन्जु सामसनले अविजित रहँदै सर्वाधिक ७० रन बनाए । तर अन्य खेलाडीले राम्रो साथ निदिँदा जितसम्म पुर्‍याउन सकेनन् ।

दिल्लीका एनचिक नोर्किअले २ तथा आभेष खान, अक्सर पटेल, रविचन्द्र आश्विन र कागिसो रबाडवले समान १ विकेट लिए ।

आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । दिल्लीका लागि श्रेयास अयेरले सर्वाधिक ४३ रन बनाउँदा शिमरोन हेतमायरले २८ र कप्तान ऋषभ पन्तले २४ रन जोडे ।

राजस्थानका मुस्ताफिनुर रहमान र चेतन सकारियाले समान २ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय