बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिप शुक्रबार शुरु
भर्खरै

राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिप शुक्रबार शुरु

  • सिधा दृष्टी शनिबार, अशोज ९, २०७८ | September 25, 2021

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्शलआर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिप शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा प्रदेश १ बाहेक ६ प्रदेशका १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् । विभिन्न ४ विधा फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी कातामा प्रतिस्पर्धा भइरहेको छ ।

सेमि केन्पोको पुरुष ५०–५४ केजीमा सुदूरपश्चिम प्रदेशका सुनिल बोहरा

पहिलो भए । उनले फाइनलमा बागमती प्रदेशका दीपक पाण्डेलाई पराजित गरे । सेमि केन्पोको महिला ४५–४९ केजीमा कर्णाली प्रदेशकी ज्योति विकले बागमतीकी पुष्पा श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन् ।सोही स्पर्धाको पुरुषमा सुदूरपश्चिमका सञ्जय रोकायाले पहिलो स्थान हात पारे । उनले फाइनलमा गण्डकी प्रदेशका सन्जिव राईको चुनौती पन्छाए।

फुल केन्पोको पुरुष ५५–५९ केजीमा कर्णालीका राजेन्द्र शाहीले बागमतीका सुमन याखालाई फाइनलमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय