शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकासंगको सम्झौतापछि जेलमुक्त भएकी मेङ स्वदेश प्रस्थान
भर्खरै

अमेरिकासंगको सम्झौतापछि जेलमुक्त भएकी मेङ स्वदेश प्रस्थान

  • सिधा दृष्टी शनिबार, अशोज ९, २०७८ | September 25, 2021

एजेन्सी । चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ प्रक्राउमुक्त भएसँगै स्वदेश प्रस्थान गरेकी छन् ।

अमेरिकाले लगाएको छलीको आरोपमा उनलाई सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो । अमेरिकासँग सम्झौता गरेर मेङ क्यानडाको डिटेन्सनबाट रिहा भएकी हुन् ।

उनी एअर चाइनाको उडानमार्फत चीनको शेन्झेङ सहर प्रस्थान गरेको समाचार संस्था एएफपीले जनाएको छ । त्यसक्रममा मेङले भनिन्, ‘मेरो जीवनमा उतारचढाव आयो । यो समय मेरा लागि अति नै खराब थियो ।’

मेङलाई पक्राउ गरेपछि चीनले बदलास्वरुप क्यानडियन नागरिकलाई

बन्धक बनाएको थियो । मेङ छुटेसँगै चीनले पनि बन्धक बनाएका दुई नागरिकलाई स्वतन्त्र गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चिनियाँ डिटेन्सनबाट स्वतन्त्र भएका माइकल स्पेरभ र माइकल कोवरिग स्वदेश फर्किने क्रममा रहेको जानकारी दिएका हुन् ।

मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय