काठमाठौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर १२ बाट नगर प्रतिनिधि सर्वसम्वत चयन भएका छन् । बिहीवार सम्पन्न भएको वडा अधिवेशनबाट नगर प्रतिनिधिमा सम्पूर्ण महर्जन, भुवन श्रेष्ठ र अभिषेक श्रेष्ठ चयन भएका हुन् ।
आफूलाई नगरप्रतिनिधिको रुपमा चयन गरेकोमा तीनै जनाले वडाका क्रियाशील सदस्यहरुलाई धन्यवाद दिएका छन् ।