बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परे
भर्खरै

ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परे

  • सिधा दृष्टी शुक्रबार, अशोज ८, २०७८ | September 24, 2021

काठमाडौं । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।

विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए ।उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको

होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।

सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय