शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुनको मूल्य घट्ने क्रम रोकिएन, दुई दिनमा नै ११ सयले गिरावट
भर्खरै

सुनको मूल्य घट्ने क्रम रोकिएन, दुई दिनमा नै ११ सयले गिरावट

  • सिधा दृष्टी शुक्रबार, अशोज ८, २०७८ | September 24, 2021

काठमाडौँ – नेपालमा दुई दिनभित्रैमा सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ भएको सुनको मूल्य बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झर्याे र आज पनि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको

थियो । चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय