बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
भर्खरै

यस्तो छ आजको मौसमी अनुमान

  • सिधा दृष्टी शुक्रबार, अशोज ८, २०७८ | September 24, 2021

काठमाडौं । भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले देशभरको मौसम परिवर्तन भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान विज्ञप्तिमार्फत आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यो क्रम रातीसम्मै जारी रहने विभागको विश्लेषण छ ।

यसैगरी भोलि शनिबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।पर्सी आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय