मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्पेनिस ला लिगा: बार्सिलोना क्याडिजसँग बराबरीमा रोकियो
भर्खरै

स्पेनिस ला लिगा: बार्सिलोना क्याडिजसँग बराबरीमा रोकियो

  • सिधा दृष्टी शुक्रबार, अशोज ८, २०७८ | September 24, 2021

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । तर क्याडिजले त्यसको फाइदा उठाउन भने सकेन । क्याडिजका प्रहार बार्सिलोनाका गोलरक्षक स्टेगनले जोगाएका थिए । उनी ‘म्यान अफ दी म्याच’ भए ।

जारी सिजन खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाको यो लगातार दोस्रो बराबरी

हो । अघिल्लो खेलमा पनि बार्सिलोना ग्रानाडासँग आफ्नै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

गत सिजनमात्र शीर्ष डिभिजनमा उक्लिएको क्याडिजलाई बार्सिलोनाले हराउन सकेको छैन । गत सिजन पहिलो खेलमा बार्सिलोना क्याडिजसँग २–१ गोलले पराजित भएको थियो । अर्को खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

बराबरीसँगै बार्सिलोना सातौं स्थानमा छ । पाँच खेलमा दुई जित र तीन बराबरी नतिजा निकालेको बार्सिलोनाको नौ अंक छ । ६ अंक बनाएको क्याडिज १४औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६ खेलबाट १६ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको १३ अंक छ ।

शनिबार राति भएको खेलमा ग्रानाडालाई ३–२ गोलले हराउँदै सोसिडाड तेस्रो स्थानमा उक्लिएको हो । सोसिडाडको जितमा अरित्ज इलुस्टोन्डोले दुई तथा माइकल मेरिनोले एक गोल गरे । ग्रानाडाका जर्मन सान्चेज र लुईस मिल्लाले गोल गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय