मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा ओलीको कटाक्ष
भर्खरै

मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा ओलीको कटाक्ष

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग एमालेसँग लड्ने क्षमता नभएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेकपा एमाले विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग लड्ने धाक दिने भन्दै प्रश्न गरे । उनले भने, ‘मन्त्रिमण्डल बनाउनु छैन, एमालेसँग लड्ने ? मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रु एमाले जस्तो मजुबत पार्टीसँग लड्ने ? ’

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बिहीबार ७४ दिन पुगेको छ तर हालसम्म मन्त्रिपरिषद्ले पूर्णता

पाउन सकेको छैन । यही विषयलाई लिएर ओलीले सत्ता गठबन्धनप्रति टिप्पणी गरेका हुन् ।उनले सत्तारुढ गठबन्धनका दलहरुबीच आपसी एकतासमेत नभएको भन्दै एमालेसँग लड्न एकता हुन गठबन्धनलाई चुनौती दिए । उनले भने, ‘कम्तिमा मिलेर त आउनुहोस् ।’

एमाले विभाजन र सत्ताबाट हट्नुपरेको दुःख भोगिरहेका ओलीले पछिल्ला दिनहरुमा एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा ९एकीकृत समाजवादी०, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा सरकारमाथि लगातार आक्रोश पोखिरहेका छन् । उनको आक्रोश बिहीबार पनि जारी रह्यो । उनले सम्बोधनका क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति निकै आक्रोशित भएर टिप्पणी गरे ।एकीकृत समाजवादीले बिहीबारमात्र ७ जना उपाध्यक्ष बनाएको विषयलाई पनि व्यङ्ग्य गर्दै ओलीले ‘सातजनालाई नगद उपाध्यक्ष’ बनाइएको टिप्पणी गरे । उनले सानो चोइटिएर गएको पार्टीको नाम एकीकृत भन्दै व्यङ्ग्य गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय