मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने
भर्खरै

ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ । ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए ।

उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो । कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका छन् ।

यस अघि पूर्व कप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए ।

यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर

बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन् । चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबार टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय