मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ
भर्खरै

करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् ।पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद र ७ जोर तास बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरूबाट प्रति क्वाइन दश हजार ‘भ्यालु’ रहेका ४० वटा ग्रिन क्वाइन, ५०० भ्यालु भएका

८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १४० वटा ब्ल्यु क्वाइन पनि बरामद भएको छ ।

पक्राउ परेका १३ जनालाई प्रहरी वृत्त बानेश्वमा राखी अनुसन्धान भैरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय