मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एक व्यापारीको हत्या आशङ्कामा प्रहरीद्वारा पाँचजनालाई नियन्त्रणमा
भर्खरै

एक व्यापारीको हत्या आशङ्कामा प्रहरीद्वारा पाँचजनालाई नियन्त्रणमा

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

बैतडी । एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए ।

उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्न भएको आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताए ।महरालाई सन्सेरीमाडौँकै एक

पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय