सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार
भर्खरै

आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । आज २ अंकको वृद्धिसँगै नेप्से परिसूचक २८ सय १९ अंकमा पुगेको हो । यसक्रममा आज नेप्सेमा १ करोड ५७ लाख कित्ता सेयर किनबेच भई ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंक र वित्त समूहले धान्दा बजारमा सामान्य सुधार आएको हो ।बैंक समूह ४७ अंकले र वित्त समूह ८.२ अंकले बढ्नु बाहेक अन्य कुनै पनि समूहमा सुधार आएन ।

आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै ९७ अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ९२ अंक, विकास बैंक समूहमा ८० अंक, जीवन बीमा ५१ र लघुवित्त समूहमा ४६ अंकको गिरावट आएको छ ।

कारोबारमा आएका १३ मध्ये २ समूहबाहेक सबै समूह घट्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतको वृद्धिसँगै आज कम्पनीका सेयरधनीले प्रतिकित्ता ११९ रुपैयाँ हात पारेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय