सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको देउवाको दाबी
भर्खरै

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको देउवाको दाबी

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021
;efklt b]pjf lrtjg,& kmfu’g M g]kfnL sfªu|]; t?0f laefun] zlgaf/ /Tggu/df cfof]hgf u/]sf] o’jf t?0f hfu/0f e]nfnfO{ ;Daf]wg ug'{xF’b} g]kfnL sfªu|];sf ;efklt z]/jxfb’/ b]pjf . t:jL/M gf/fo0f clwsf/L, /f;;

पर्वत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको बताएका छन् ।

पर्वतको कुश्माबजारस्थित बीपी स्मृति भवनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताए ।सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको भन्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो

हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । ‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन,’ उनले भने ।

नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि उनले बताए ।

२०६६ कात्तिक ११ गते शिलान्यास गरिएको बीपी स्मृति भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कुल एक करोड ४७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय