आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित
भर्खरै

राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

बजेट पारित भएसँगै राष्ट्रियसभाले बिहीबारै सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयका सचिव गोपालनाथ योगीले राष्ट्रिय

सभाबाट विनियोजन विधेयक पारित भएको सन्देश जानकारी गराउने कार्यसूची छ ।यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रिपति समक्ष पठाउनेछन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्न छ । प्रतिनिधिसभाले बिहीबार बजेटसँग सम्बन्धित अन्य दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय