बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रणवीर कपूर ‘मिस्टर लेले’मा एक विशेष आइटम नृत्यका साथ देखिँदै
भर्खरै

रणवीर कपूर ‘मिस्टर लेले’मा एक विशेष आइटम नृत्यका साथ देखिँदै

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर चाँडै नै करण जोहार प्रोडक्सनको फिल्म ‘मिस्टर लेले’मा एक विशेष आइटम नृत्यका साथ देखिँदैछन् । शशांक खेतानको निर्देशनमा बन्ने यो फिल्ममा विकी कौशल, भूमि पेडनेकर र कियारा आडवाणीको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

फिल्मका निर्माता करण जोहार र निर्देशक शशांक खेतान रणवीरलाई फिल्ममा कुनै न कुनै हिसाबले जोड्न चाहन्थे । त्यही चाहना अनुरुप उनलाई विशेष आइटम नृत्यमा प्रस्तुत गरिन लागिएको हो । उनको आइटम गीतलाई सचिन जिगरले कम्पोज गर्नेछन् ।

गीतका लागि रणवीर निकै

रिहल्सल गरिरहेका छन् । फिल्मको सुटिङ बुधबारबाट सुरु भइसकेको छ । गीतमा गणेश आचार्यको कोरियोग्राफी र मनीष मल्होत्राको डिजाइन छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय