बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईपीएलको शीर्ष स्थानमा उक्लियो दिल्ली क्यापिटल्स
भर्खरै

आईपीएलको शीर्ष स्थानमा उक्लियो दिल्ली क्यापिटल्स

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

दुबईमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । ।दिल्लीको जितमा श्रेयस आयरले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । ओपनर शिखर धवनले ४२ रन बनाए भने पृथ्वी शले ११ रन जोडेर आउट भए । यस्तै कप्तान तथा विकेटकिपर ऋषव पन्तले

अविजित ३५ रन जोडे । हैदरावादका खलिल अहमेद र राशिद खानले एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो । हैदरावादका अब्दुल समादले सर्वाधिक २८ रन बनाउँदा राशिद खानले २२, ऋद्दिमान साह र केन विलियम्सनले १८–१८ रन बनाए ।

दिल्लीका कागिसो राबडाले तीन विकेट लिए । एनरिच नोर्किया र अक्सर पटेलले दुईरदुई विकेट लिए ।

नौ खेल खेल्दा सातौं जित हात पारेको दिल्ली १४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता हैरदवादले आठ खेल खेल्दा यो सातौं हार हो र दुई अंकसहित अंकतालिकामा पुछारमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय