सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • परराष्ट्र मन्त्री नारायण खड्कालाई दुई छिमेकी मुलुक चीन र भारतले बधाई दिए
भर्खरै

परराष्ट्र मन्त्री नारायण खड्कालाई दुई छिमेकी मुलुक चीन र भारतले बधाई दिए

  • सिधा दृष्टी बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्कालाई दुई छिमेकी मुलुक चीन र भारतले बधाई दिएका छन्। बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्का परराष्ट्र मन्त्री नियुक्त भएका थिए।भारतीय समकक्षी एस जयशंकरले बुधबार सामाजिक सञ्जाल ट्वीटरबाट खड्कालाई बधाई दिएका हुन्।‘नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा माननीय डाक्टर नारायण खड्कालाई बधाई,’ जयशंकरले लेखेका छन्,‘म उहाँसँग काम गर्न प्रतीक्षारत छु।’समाचार संस्था राससका अनुसार परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना छ।

संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री न्युयोर्कमा

छन् भने परराष्ट्र मन्त्री खड्का आज अपराह्न न्युयोर्क पुग्दै छन्।

उत्तरी छिमेकी चीनले पनि परराष्ट्र मन्त्री खड्कालाई बधाई दिएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले खड्काले पदभार ग्रहण गर्दै गरेको तस्बिरसहितको परराष्ट्र मन्त्रालयको ट्वीट रिट्वीट गर्दै उनलाई बधाई दिएकी हुन्।‘नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनु भएकोमा माननीय नारायण खड्कालाई बधाई१ नेपाल(चीन सम्बन्ध र हामीबीचको सहयोग बढाउन तपाईंसँग काम गर्न प्रतीक्षारत छु,’ राजदूत यान्छीले लेखेकी छन्।

यसअघि पदभार ग्रहण गर्दै मन्त्री खड्काले आफूले दुई छिमेकी भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्ध बनाउन भूमिका खेल्ने बताएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय